काठमाडौं– २०७८ को सामुदायिक प्रतिवेदनअनुसार कृषि गणनाअनुसार नेपालमा घरपालुवा कुकुरको संख्या ६ लाख ७० हजार रहेको छ।
यस्तै सामुदायिक कुकुरको संख्या ६ लाख ९५ हजार रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ।
यस्तै कार्यालयको तथ्यांकअनुसार घरपालुवा कुकुर सबैभन्दा बढी कोशी प्रदेशमा १ लाख ६७ हजारको संख्यामा रहेका छन्। यस्तै दोस्रो बागमती प्रदेशमा १ लाख ३५ हजार घरपालुवा कुकुर रहेका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा १ लाख ११ हजार कर्णालीमा ९५ हजार लुम्बिनीमा ८३ हजार गण्डकीमा ५७ हजार र मधेश प्रदेशमा २५ हजार घरपालुवा कुकुर रहेका छन्।
यस्तै छाडा कुकुरको संख्या सबेभन्दा बढी मधेस प्रदेश रहेको छ। मधेसमा १ लाख ७३ हजार संख्यामा सामुदायिक कुकुर रहेका छन्।
यस्तै बागमातीमा १ लाख ३३ हजार कोशीमा १ लाख ३० हजार लुम्बिनीमा १लाख २९ हजार, सुदूरपश्चिममा ५६ हजार, गण्डकीमा ४६ हजार र कर्णालीमा २९ हजारको संख्यामा सामुदायिक कुकुर रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।