काठमाडाै- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।
भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमले सोमबार जारी गरेको विज्ञतिमा जनाइएको छ।
बढेको मूल्य अनुसार अब वैशाख ४ गते विहान १ बजेदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।
![](https://nepalkhabar.prixacdn.net/media/albums/438203793_984209609942520_8753059689849184226_n1_ksMHcDzJjN.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।