• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भयोः प्रमुख निर्वाचन आयुक्त थपलिया

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३, २०८१  १०:५९
1140x725

काठमाडौं–  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताए। 

सोमबार काठमाडौंमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको र सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राख्न चिठी लेखेको तीन वर्ष बितेपनि नाम दिन नसकेको बताए। 

उनले महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिदो किसिमले महिलाका हिंसाका कामहरु भइरहेको जिकिर गरे। उनले कानुनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति आएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘एउटा ठूलो इस्यु हामीले कानुनी संरचनामा देख्यौं। मैले यसलाई अलि निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति पनि छ। श्रोत, साधन, अधिकारका कुराहरु छन्। राजनीतिक दलको म नियत नै बेठिक छ त कसरी भनौं। बडा अफ्ठ्यारो छ भन्न पनि। सफा छ भनौँ नतिजा आउँदैन। दुःखसाथ मैले यहाँ भन्नुपर्छ। हामीले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गर्‍यौं सँगै बसेर। यसमा म खुशी पनि व्यक्त गर्दछु। त्यो नीति तयार गर्नको निम्ति अन्तर पार्टी महिला सञ्जालले रात दिन खटेको म सम्झिरहेको छु। खट्यौँ बनायौँ। त्यहाँ धेरै कुरा नै लेखेको थिएन। एउटा सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राखौँ भनेर चिठी लेखेको तीन वर्ष भयो। जवाफ नै आउँदैन, धेरै जसोको। एउटा लैङ्गिक सम्पर्क व्यक्ति पनि तोक्न नसक्ने दलहरुबाट निर्वाचन र समग्रतामा महिलाहरुको हित उन्नति, कल्याण, उपलब्धि हुन्छ भनेर अपेक्षा गर्नुपर्ने पीडादायक अवस्थामा हामी छौं। महिलामाथि किन यसरी आक्रमण भइरहेको छ, विभेद गरिएको छ, अपहेलना गरिएको छ, नजानिदो किसिमले महिलाका हिंसाका कामहरु किन भइरहेका छन्? भन्नेकुरा प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगले स्पष्ट धारणा राखेपनि आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको बताए। उनले संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भएको जिकिर गरे। 

Xtrem
Xtrem

उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व पुरुष बाहेकको हुनु हुँदैन भन्ने किसिले राजनीतिक दलहरु अघि बढिरहेको बताए। उनले भने, ‘अहिले हाम्रो जुन व्यवस्था छ, हामी अहिलेको जुन निर्वाचन प्रणाली र जुन व्यवस्था हामीलाई दिइएको छ, त्यही भित्र बसेर कुरा गर्दैछौँ । हामी प्रणाली फेर्ने विषयमा प्रवेश गर्दैनौँ । यही प्रणाली भित्र राष्ट्रिय सभा सदस्यको निर्वाचन हेर्नुस्, संविधानमा छ, कानून छ, स्पष्ट छ। दुई वटा अस्पष्टता छन्, त्यो भनेको हामीले दलितहरुको प्रतिनिधित्वको पनि व्यवस्था गरेका छौँ, महिलाको विषय छ। अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व भनेको छ, त्यहाँभित्र लैङ्गिक पक्ष किन नभएको होला? भन्ने प्रश्न आयोगसँग छ। दलित भनेपछि एक पटक पुरुषले मौका पाएपछि अर्को पटक महिला भनेको हो की? दुई वटा चुनाव भनिसक्यौँ, छाँटकाँट नै देखिँदैन। अपाङ्गता भनिएका व्यक्ति भनिएको छ, त्यसमा पुरुष बाहेक महिला अपाङ्गता हुनै पाउँदैनन् भन्ने कानून बनाउन खोजेको हो की ? अपाङ्गता त महिला पनि हुँदा हुन्। राष्ट्रिय सभाको निर्वाचनको विषयमा यहाँनेर थोरै केन्द्रित हुने हो की ? सोचेका छौं। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा म धेरै बोलिन। मजाले बौल्यौँ हामीले। राम्ररी नै बोल्यौँ। उल्टै आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न धेरै ठाउँबाट गरियो। म अहिले त्यहाँ प्रवेश गर्दिन। संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भयो। नतिजाले त्यही देखाउँछ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको समानुपातिक प्रणालीले अहिलेको संसदमा प्रतिनिधित्व गर्न नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, सम्प्रदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वर्तमान समानुपातिक प्रणालीको व्यवस्थालाई संविधानको धारा ४२ सँग मिल्नेगरी व्याख्या गर्नुपर्ने बताए। उनले निर्वाचन सम्बन्धी कानून गृह मन्त्रालयमा रहेको र ९ महिनासम्म निदाएको भन्दै अझै कति बास बस्ने टुंगो नरहेको बताए। 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएक... शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भविष्यमा अझ गम्भीर विपत्ति आउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई समयमै तयार... शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह प्रधानमन्त्री वालेन्द्र शाहले जलवायुजन्य विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले ‘राहत, पुनःस्थापना, पुनर्निर्माण’सँगै ‘जिम्मे... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्