काठमाडौं- नेपालमा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा झण्डै २ हजार वडाका बासिन्दा सचेत नभएको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको कृषि गणना २०७८ को सामुदायिक प्रतिवेदनले १ हजार ७३६ अर्थात् १०.७ प्रतिशतले आफ्ना बासिन्दाहरु सचेत नरहेको बताएको छ।
वडामार्फत प्राप्त विवरण अनुसार गणना गरिएका ६ हजार ३६ वडाहरुमध्ये ३ हजार ६५४ वडा ६०.५ का प्रतिशत बासिन्दाहरु तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा आंशिक रुपमा सचेत रहेको पाइएको कार्यालयले जनाएको छ।
तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा सचेत बासिन्दाहरु रहेको वडाको संख्या १ हजार ७३६ अर्थात् १०.७ प्रतिशतले आफ्ना बासिन्दाहरु यस्ता विषादीको प्रयोगका सम्बन्धमा सचेत नरहेको बताएका छन्।
प्रदेशगत रुपमा तुलना गर्दा सबैभन्दा बढी सचेत बासिन्दाहरु रहेका वडाहरु गण्डकी र बागमती रहेका छन्। गण्डकीमा ३६.८ प्रतिशत र बागमतीमा ३६.४ प्रतिशत बासिन्दा सचेत रहेका छन्। यसैगरी लुम्बिनी वडाहरुमध्ये ३०.८ र कर्णालीका जम्मा वडाहरुमध्ये ३०.७ प्रतिशत बासिन्दाहरुमा तरकारी बालीमा प्रयोग गरिने विषादीका बारेमा सचेत रहेको गणनाले औँल्याएको छ।
यस्तै कोशीमा २७.४ प्रतिशत, मधेसमा २१.२ प्रतिशत र सुदूरपश्चसम प्रदेशमा सबैभन्दा कम २०.७ प्रतिशत तरकारी बालीमा प्रयोग गरिने विषादीका बारेमा सचेत रहेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।