काठमाडौं– सुनको मूल्यले दिनहुँ कीर्तिमान बनाइरहँदा बुधबार फेरि नयाँ उचाईमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाकै १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो। तोलामा ५ सय रुपैयाँ बढेपछि तेजाबी सुन पनि १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी पनि तोलाकै १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेपछि बुधबार चाँदीको मूल्य पनि उच्च भएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुन प्रतिऔँस २ हजार ३ सय ५७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।