काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले देशको पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि पुगेको बताए। उनले उद्योग वाणिज्य महासंघको २८औं वार्षिक साधारणसभामा बोल्दै एक महिना अघि २३ प्रतिशत रहेको पुँजीगत खर्च आफूले पद सम्हालेपछि ३० प्रतिशतमाथी पुगेको बताए।
‘पुँजीगत खर्च ३० प्रतिशतमाथि पुगेको छ। एक महिना अघि २३प्रतिशत भएको थियो,’ उनले भने। यस्तै अर्थमन्त्री पुनले आगामी वर्षको बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा कसैको प्रभावमा नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘आगामी वर्ष करका दायरा बढाउने वा घटाउने कार्य कसैको प्रभावमा नपरी गरिनेछ’, पुनले भने, ‘करका दर किन बढाइयो वा किन घटाइयो भन्ने कुराको कारणसहित उल्लेख गरिनेछ र यसको जवाफ दिने गरी काम गरिनेछ।’
पछिल्लो समय आईटी क्षेत्रमा देखिएको सम्भावनालाई ख्याल गरेर सोहीअनुसार आगामी पाँच/सात वर्ष पछाडिको अवस्था हेरेर नीति बनाउने पक्षमा रहेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।