काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबार भएको छ। निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।