काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउनदेखि फागुनसम्म) को आर्थिक वित्तिय स्थितिअनुसार ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। जसअनुसार रेमिट्यान्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको हो।
यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ८ महिनामा ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्।
गत वर्षको सोहि अवधिमा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।