काठमाडौँ- सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको छ। बुधबार १ लाख ३३ हजारमा करोबार भएको छापावाला सुन बिहीबार १ हजारले बढेर १ लाख ३४ हजार रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको आजको मूल्य अहिलेसम्मकै उच्च हो।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार ६ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार ६ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।