काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यता अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा थियो।
त्यस्सैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा थियो।
Write to नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।