काठमाडौं– तीन महिनाको लागि नेपाल भारत विद्युत् सम्झौता नवीकरण भएको छ। हरेक वर्ष नवीकरण गर्नुपर्ने सम्झौता यो पटक ३ महिनाको लागि मात्रै भएको हो। यसअघि १ वर्षको लागि नवीकरण हुने गरेको थियो।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले सम्झौता नवीकरण भएको जानकारी दिए। मुजफ्फरपुर-ढल्केबर प्रसारणलाइनबाट ५०० मेगाबाट र महेन्द्रनगर-टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट विद्युत् नेपाल आयात हुनेछ।
२०७८ सालमा ५ वर्षको लागि नेपाल भारत विद्युत् सम्झौता भएको थियो। जसअनुसार ४ सय ५० मेगावाटसम्म आयात–निर्यातको सम्झौता छ। तर यो पटकको नवीकरणमा भने ५ सय ५४ मेगावाटको सम्झौता भएको छ।
प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।