काठमाडौं- न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने आफ्नै प्रतिवद्धताबाट कानूनमन्त्री भानुभक्त ढकाल पछि हटेका छन्। कानूनमन्त्रीको जिम्मेवारी पाए लगत्तै मौलिक हक सम्बन्धी विधेयक पारित भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनी अघिल्ला मन्त्रीले तय गरेको योजना न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने प्रतिवद्धतावाट पछाडी फर्केको संकेत गरेका छन्।
न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा यसअघिका मन्त्रीले गरेको प्रतिवद्धताका बारेमा सोधिएको प्रश्नमा उनले वैयक्तिक गोपयिनता सम्बन्धी विधेयकमा रहेको व्यवस्था देखाउँदै पन्छिए।
वैयक्तिक गोपनियता सम्बन्धी विधेयकमा सम्पूर्ण सार्वजनिक पदमा रहेनेको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था भएको भन्दै न्यायाधीश पनि त्यसैमा आउने तर्क गरे। तर न्याय परिषद् ऐनले न्यायाधीशको सम्पत्ति बुझाउने तर सार्वजनिक गर्ने विषयमा उल्लेख गरेको छैन। उक्त ऐन संशोधन नभएसम्म न्यायाधीशको सम्पत्ति सार्वजनिक नहुने कुरा आफूले बुझेको कुरा उनले स्वीकार गरे। तर उक्त ऐन संशोधनका बारेमा टिप्पणी गरेनन्।
सर्वोच्च,उच्च र जिल्ला अदालतका न्यायाधीशको सम्पत्ति परिषद्ले वषौंदेखि जम्मा गरेपनि सार्वजनिक गर्ने गरेको छैन। न्यायपालिकामा भ्रष्टाचार वृद्धी भएको भन्दै तत्कालीन मन्त्री तमाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने बताउँदै आएका थिए। तर हालका कानुनमन्त्री ढकालले त्यसबाट पछाडी फर्कदै न्यायाधीशको सम्पत्तिको रेकर्ड रहने मात्र बताए।
न्यायपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने तर्क उठ्दै आएको सन्र्दभमा उनले अनयिमितता भएको अवस्थमा सम्बन्धित निकायले खोजी गर्ने भन्दै पन्छिए।
केही समय पहिले सम्पत्ति विवरण नबुझाएको भन्दै परिषद्ले केही न्यायाधीशलाई पाँच हजार जरीवाना गरेको थियो।
कानुनमन्त्रीको जिम्मेवारी पाएलगत्तै आयोजित पत्रकार सम्मेलनमा तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले सबै तहका न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने प्रतिवद्धता गरेका थिए। तामाङले उक्त प्रक्रियाका लागि आवश्यक कानुनको मस्यौदा तयारी गरी मन्त्रालयमा पेश गरेका थिए।
न्यायाधीशको कारबाही र अनुमगन गर्ने न्याय परिषद् ऐन संशोधनको तयारी पनि उनले गरेका थिए। विवादित बनेसँगै पदवाट राजिनामा दिन पुगेका तामाङ बाहिरिए लगत्तै उक्त जिम्मेवारीमा नेकपाका सांसद भानुभक्त ढकालले पाए पनि यसको प्रक्रिया अघि बढाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।