काठमाडौं– सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको छ।
आजबाट वागमती प्रदेशमा सरकारले वागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको हो।
जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइएको छ।
एचपीभीका जीवाणुका २ सय बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ।
दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेस गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो। चैत्र ८ गते आज वागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदैछ।
एचपिभी खोप ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट यो खोप दिन सुरू गरिएको हो। ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई लगाइने एचपीभी खोपको पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत्र ७ देखि खोप दिइनेछ। भेरी अस्पतालमा चैत्र ६, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा चैत्र ८ र डडेलधुरा अस्पतालमा चैत्र १५ बाट एचपीभीको दोस्रो मात्रा दिइनेछ।
गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।