काठमाडौं- सुनको मूल्य मंगलबार तोलामा ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले बढेको छ। महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार ६ सय रुपैयाँ कायम गरेको छ। सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।