काठमाडौं- सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सयले रुपैयाँले ओरालो लागेको हो।
महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ। शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।