काठमाडाै- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २४ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १४ पैसा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।