काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४२२ वटा बोलपत्र मूल्याङ्कन गरेको छ। मूल्याङ्कन गर्न बाँकी बोलपत्रको संख्या २७ छ। बुधबार केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाको सभा कक्षमा सम्पन्न अर्धवार्षिक समीक्षा यस सम्बन्धी जानकारी दिइएको हो।
यस अवधिमा ६ अर्ब ३ करोड ५९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै सञ्चित कोषबाट लक्ष्यको २४ प्रतिशत खर्च भएको छ।
गएको असारमा सम्पन्न महानगरपालिकाको १३ औँ नगर सभाबाट यस वर्ष सञ्चित कोषबाट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट पारित भएको छ। यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।