काठमाडौं– नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ।
बुधबार बिहान नेपाल निवास कोटेश्वरमा पुगेका कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो।
छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए।
उनले भने, ‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो। छलफल सकारात्मक भएको छ। छलफललाई निरन्तरता दिन्छौं। हामीले हाम्रो आधिकारिक धारणा राखिसकेका छौं। कांग्रेसको धारणा अहिलेलाई त्यही हो। पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो। यसलाई निरन्तर दिन्छौं। नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ। सबै राजनीतिक दलसँग छलफल भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।