काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेपालको सचिवालयमा खबर गरेका थिए। नेपालले सचिवालय बैठकअघि छलफल गर्ने बताएपछि देउवा पुगेका हुन्।
११ बजे नेकपा एसको सचिवालय बैठक बोलाइएको छ। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन अनुरोध गरेपछि छलफलका लागि सचिवालय बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।