काठमाडौं- कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।
यही फागुन १८ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो।
मन्त्रिपरिषद्को सिफारिस अनुसार कर्णाली प्रदेश सभाको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम तेस्रो अधिवेशन आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।