काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। उनीहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ।
छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ। यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए।
सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ।
पुरानो गठबन्धन भत्किएरपछि प्रधानमन्त्री प्रचण्ड विभिन्न साना पार्टीलाई नयाँ गठबन्धनमा सहभागी गराउन पहल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।