काठमाडाै- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्।
सत्ता गठवन्धनकाे वैठकमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि दुवै नेता उनलाई फकाउन निस्केका हुन्।
अध्यक्ष नेपाललाई ओली र प्रचण्डले भेट्ने व्यवस्था मिलाइएकाले उनीहरु नेपाल निवासतिर लागेका स्रोतले बताएको छ।
सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।