काठमाडौं– नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
आइतबार साँझ नै नयाँ गठबन्धन बनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन गरेसँगै कांग्रेसले यस्तो निर्णय लिएको हो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अब नेपाली कांग्रेस शसक्त प्रतिपक्षको भूमिकामा उपस्थित हुने निर्णय पनि गरेको छ।
सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको गठबन्धनमा आएका थिए। तर अहिले उनी फेरि एमालेतिर फर्केपछि कांग्रेसले यस्तो निर्णय गरेको उप–सभापति धनराज गुरुङले पत्रकारसँग कुरा गर्दै जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।