काठमाडौं– पर्यटनमन्त्री सुदन किराँतीले सरकारी निवास छाडेका छन्। अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका किराँतीले मंगलबार मन्त्री निवास छाडेका हुन्।
मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्बिर पोस्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु।’ यस्तै उनले उक्त पोष्टमा आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो।’
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको भन्दै उनले यो अवसर प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी, मतदातामा धन्यवाद ज्ञापन गरेका छन्।
आफू र आफ्नो टिमले सकेको कोसिस गरेको भन्दै उनले भनेका छन्, ‘हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।