काठमाडौं– संघीय सरकारमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मंगलबार ११ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।मुख्यमन्त्रीको कार्यालयका अनुसार सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्ने छ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि सम्मेलन हुन नसक्ने अवस्था सिर्जना भएकोले स्थगित गर्ने तयारी प्रदेश सरकारले गरेको हो। मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताए।
लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ गर्न लागेको थियो।
सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।