काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली राजनीतिमा हिजो (सोमबार) घटेको घटना सामान्य नभएको प्रतिक्रिया दिएका छन्। उनले गठबन्धन बन्नु र भत्किनु सामान्य भए पनि हिजोको घटना भने सामान्य नभएको बताए।
डा कोइरालाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो। तर हिजोको घटना भने सामान्य होइन।’
कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महँगो सावित भएको डा कोइरालाले बताएका छन्। ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।