काठमाडौं– नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै राप्रपाले आफ्नो धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीका बारे छलफल गर्न आगामी फागुन २६ गते शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए।
पुरानो सत्ता गठबन्धनमा परिवर्तन हुँदै आज एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेका तीन मन्त्रीले शपथ लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।