काठमाडौं– राजनीतिक अवस्थाबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार दिउँसो ४ बजे बस्ने छ। बैठकमा सरकारमा सहभागिता, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ८ बजे बसेको थियो। थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।