काठमाडौं– नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ। बैठकले मिल्न बाँकी विषयमा सहमति गरी लिखित खाका सार्वजनिक गर्ने भनिएको छ।
सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो। छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्।
उनीहरुले प्रधानमन्त्रीको कार्यकाल, प्रदेश सरकार र केन्द्रमा मन्त्रीको संख्यासहित मन्त्रालयको विषयमा पनि छलफल गर्नेछन्। आजै पाँच बजे नयाँ तीन विनाविभागिय मन्त्रीको शपथ कार्यक्रम राखिएको छ।
दलहरुकाबीचमा मन्त्रालयको भागबण्डा नटुङिगएकाले आज विना विभागिय मन्त्रीको रुपमा शपथ गराउन लागिएको हो। आज माओवादी, रास्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले सहभागी हुँदै छ।
बिहान मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबण्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबण्डाको खाका तयार पार्न जिम्मा दिएको थियो। जसमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।