काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन्। शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन्।
प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए।
आज पाँच बजे शपथको कार्यक्रम आयोजना गराइदिन प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई अनुरोध गरेका छन्। शीतल निवासले भने छलफल गरेर खबर गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।