काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुखानी शहीदका परिवारसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्रीले शहीद सप्ताहका अवसरमा उनीहरुलाई भेटेका हुन्।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो।
आजको भेटमा ती शहीद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरे लगायत सहभागी थिए।
कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘शहीदप्रति उच्च सम्मान छ। आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ।’
फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो। सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।