काठमाडौं- सोमबार बोलाइएको प्रतिनिधि सभाको बैठक सत्ता गठबन्धनको फेरबदलले अन्योलमा परेपछि सभामुख देवराज घिमिरेले दलहरुसँग छलफल गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी थियो।
विशिष्ट राजनीतिक परिस्थितिबारे सभामुखले प्रमुख दलहरुसँग टेलिफोन संवाद गरिररहेका छन्। ससद् सचिवालयले जनाएको छ। दलहरुको सुझावका आधारमा आजको बैठकबारे निर्णयमा पुग्ने तयारी भइरहेको सचिवालयले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।