काठमाडौं- प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकदेखि आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने कार्यसूची छ।
बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए।
लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए। उनका अनुसार छलफल फागुन २१, २२, २३ र ३० गते तथा चैत १, २ र ४ गते हुने छ।
आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०७९/०८०) समिति सभापति किरण कुमार साहले पेस गर्ने सम्भावित कार्यसूची समेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।