काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैंभित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरे।
उनले गठबन्धनभित्रका तमासाहरु आफूहरुले देखिरहेको भन्दै मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको दाबी गरे।
उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समसया झेलिरहेको जिकिर गरेका छन्। समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको उनको भनाइ थियो।
उनले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको जिकिर गरे। वर्तमान गठबन्धन स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने उनको दाबी छ। उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।