काठमाडौं- आइतबार एकै दिन संघीय संसद्का ६ वटा समितिका बैठक बस्दैछन्। बैठकहरु संघीय संसद् सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछन्।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछन्।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।