काठमाडौं– नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले संसदको चालु अधिवेशनबाटै शिक्षा ऐन पास गर्नेगरी आफ्नो पार्टी लागि परेको बताएका छन्।
शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले शिक्षा ऐनलाई छिटोभन्दा छिटो पास गर्न कांग्रेसले काम गरिरहेको बताएका हुन्। उनले जारी संसदको अधिवेशनमै पास गर्ने उद्देश्य राखेर अघि बढेको जानकारी दिए।
उनले ललितपुरको नेपाली काँग्रेसमा शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको पनि बताए। उनले अहिले पनि निजी विद्यालयमा पढाउनेभन्दा सरकारी विदालयमा पढाउने शिक्षकको तलब भत्ता बढी रहेको जिकिर गरे।
सरकारी विद्यालयम अध्ययन गराउने शिक्षकहरुको सेवा सुविधा बढी भएपनि निजी विद्यालयकोभन्दा सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै जानु गम्भीर विषय भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।