काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी सरकारले आयोजना गर्न लागेको ‘लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन’ विकास, बालबालिका र 'ब्रान्डिङ'का लागि भएकोमा आफू प्रष्ट रहेको बताएका छन्।
उनले सम्मेलनबाट लुम्बिनीवासीको शीर उच्च बनाउने र गरिमा बढ्ने, अन्तर्राष्ट्रिय मञ्चमा नेपालका साथै लुम्बिनी प्रदेशको अभिवृद्धि हुने विश्वास लिएको बताए।
लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गर्न लागेको हो। त्यसबारे विभिन्न ढंगले प्रश्नहरू उठेपछि मुख्यमन्त्री चौधरीले पत्रकार सम्मेलनमार्फत् प्रष्ट पार्न खोजेका हुन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले छिमेकीलाई असर पर्ने गरी कसैलाई पनि निम्ता नगरिएको र कार्यक्रम त्यतातिर प्रेरित नरहेको बताए। कार्यक्रमलाई दलाइ लामासँग जोडिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘हाम्रो देशमा धेरै भ्रमको खेती गरिन्छ। त्यस्तो बेलामा नेपालको अन्तर्राष्ट्रिय छवि कतातिर जान्छ भनेर हामीले सोच्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।