धरान– अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले विधान सम्मेलन पछिको अखिल(क्रान्तिकारी) सहिदको छोरोले हाक्ने बताएका छन्।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा शुक्रबार आयोजित भेटघाट तथा संक्षिप्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा धारणा राख्ने क्रममा मैनालीले यस्तो धारणा राखेको विद्यार्थी नेता नवीन दहालले जानकारी दिए।
केन्द्रीय विधान सम्मेलनपछि माओवादी(केन्द्र)को प्रत्यक्ष निवार्चनबाट केन्द्रीय समिति छान्ने निर्णयले आाम नेता कार्यकर्तामा उत्साह पैदा गरेको भन्दै मैनालीले विधान सम्मेलन सँगै पार्टी रुपान्तरण अभियान नयाँ चरणमा प्रवेश गरेको धारणा राखेका थिए।
माओवादी २०औं हजार जनयुद्धका सहिद बेपत्ता र घाइतेहरु भएको पार्टी भएको र पार्टी जनयुद्ध सुरु भएको करिब ३० दशक बितिसक्दा सहिदको छोरो नै विद्यार्थी र वाइसीएल जस्ता जवस हाक्न सक्ने भइसकेको भन्दै उनले अगाडि भने, ‘अबको अखिल(क्रान्तिकारी)सहिदको छोरो/छोरीले हाँक्न सक्छ। यूवा संघ सहिदको छोरा वा छोरीले हाक्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।