काठमाडौं– मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चितवन पर्यटनको क्षेत्रमा महत्वपूर्ण क्षेत्र सावित भइसकेको बताएका छन्। शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आध्यात्मिक, धार्मिक, सांस्कृतिक, जैविक विविधताका हिसावमा चितवन महत्वपूर्ण रहेको बताए। चितवन पर्यटकहरु अधिकांशको मुख्य गन्तव्य बन्दै जानु आफैँमा सकारात्मक रहेको उनको भनाइ थियो।
उनले चितवनको विविधतापूर्ण कुराले अध्ययनको केन्द्र बन्ने बताउँदै पर्यटकीय विकासका लागि चितवन महत्वपूर्ण रहेको बताए।
यस्तै उनले नागरिकको आर्थिक विकास नभइ आन्तरिक पर्यटनमा वृद्धि हुन नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।