काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन्। शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताए। उनले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘यसो हेर्दा यो मञ्च धेरै नै शक्तिशाली लागेको होला। किनभने यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु सबै हुनुहुन्छ। तर यहाँको शक्तिले जब त्यहाँको शक्तिलाई चिन्छ बल्ल देशले मुहार फेर्छ। म यतिमात्र भन्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।