काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्। शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनाउनुपर्ने उनको भनाइ थियो।
उनले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए। आफूले कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जोडिने त्यस कुरालाई अघि बढाएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।