काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले सो जानकारी गराएका हुन्।
उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताए।
उनले भने, ‘सैनिक ऐन २०६३ संशोधनको लागि गृहकार्य भइरहेको जानकारी गराउन चाहन्छु। सम्बन्धित सरोकारवालाहरुसँग छलफल भई संशोधनको मस्यौदालाई अन्तिम रुप दिन यथाशाक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिएको व्यहोरा पनि म माननीय सदस्यहरुज्युहरुलाई जानकारी गराउन चाहन्छु।’
उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। सेना, सरकार र अदालतसबै नागरिकका साझा सम्पत्ति भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।