काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।
यही फागुन २० गतेबाट आफनो कार्यकाल पूरा गरी बिदाई हुन लागेका उनले शुक्रबार राष्ट्रिय सभा बैठकमा आफ्ना अनुभव र अनुभुति प्रस्तुत गर्दै प्रतिनिधि सभाका केही सांसदहरुले पार्टी नेतृत्वलाई कब्जामा लिएर राष्ट्रिय सभालाई कमजोर बनाउने काम गरेको जिकिर समेत गरे।
सांसद देवले कांग्रेसभित्र दलको नेता छान्ने अधिकारसमेत राष्ट्रिय सभा सदस्यहरुलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे। ‘दलको सदस्य हुने, दलको नेता छान्न नपाउने? कहीँ पनि हुँदैन यस्तो’, उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।