काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विरोध गर्न नपाउने बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसद्मा आउनेहरुले त्यसको विरोध गर्न पाइन्छ र? भन्दै प्रश्न गरेका थिए। शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको विरोध गर्ने कुराले आफूहरुलाई गम्भीर बनाएको बताए।
‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो। यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौं। शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। यो व्यवस्थाको विरोध गर्न पाइँदैन,’ उनले भने।
सचिव पौडेलले हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौं भनेर सपथ खाने तर विरोध गर्ने काम गर्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।