काठमाडौं- राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई पटक पटक जवाफ माग गरिएको तर नसुने र नदेखेको दाबी गरे।
उनले सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने पनि बताएका थिए। तर सभामुखले २१ गतेको बैठकमा जवाफ दिन रुलिङ गरेपछि संसद् चलेको थियो।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडित लगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए। उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने उनीहरुको माग थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।