काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले यस्तो टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो। संसद्ले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै उनले भने।
उनले बालकुमारी घटना लगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाए। उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।