काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शु्क्रबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ। मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको राप्रपाले जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेनले यसअघि नै मिटरब्याज पीडितका माग सम्बोधन नगरे प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने बताएका थिए।
आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ। साथै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन्।
बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको 'अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।