तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
उनका अनुसार शुक्रबारको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ। यस्तै यही फागुन १९ गते प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
–रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।