चितवन- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
बिहीबार चितवन आएका नेपालले पत्रकारसँग कुराकानी गर्दै भने, ‘गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन। गठबन्धन धर्मराएको पनि छैन। बलियो जगमा उभिएको छ।’
धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समस्या आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए। देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पार्टीको बैठक बसेको तथा विचारहरु आएको उल्लेख गर्दै उनले विचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए। गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो।
–रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।