• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डसँग लड्नेहरू बाहिरिएको विगत छ, के होला शर्मा र भट्टको हालत?

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०८०  १९:२०
1140x725

काठमाडौं- बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठक समापन हुने बेलामा उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा पत्र थमाए। त्यो उनको अहसमति पत्र थियो। स्थायी समितिका कतिपय निर्णयलाई लिएर उनले असहमति पत्र दिएको बैठकपछि पत्रकारहरूसँग पनि बताए। खासगरी विधान अधिवेशनमा आफू लगायतका नेताले राखेको धारणालाई आधार बनाएर निर्णय लिइएकोमा उनको असन्तुष्टि देखिन्थ्यो।

'निर्णयहरू पार्टी निर्माणलाई उद्देश्यमा राखेर भएन, विधान अधिवेशनको ह्याङओभरलाई लिएर भयो,’ उनले भनेका थिए, 'विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतका अलिकति कार्यविभाजनबाट जिम्मेवारीविहीन बनाइएको अवस्था र सुदूरपश्चिममा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएका लगायतका मुद्दाहरूमा मैले अहसमति राखेको छ।' 

उनको बुझाएको पत्रमा पनि ठाउँठाउँमा 'असहमतिका साथ आफ्नो मत राख्छु', 'असहमति जाहेर गर्दछु', 'आपत्ति प्रकट गर्दछु' जस्ता वाक्यांश प्रयोग गरिएका छन्। उनले असहमति पत्रमा प्रचण्डका भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई अवसर दिइने तर अन्य कर्मशील कमरेडहरूलाई पार्टीबाट धकेल्ने शैली देखाउन थालिएको आशय व्यक्त गरेका छन्।

शर्माले सुदूरपश्चिम प्रदेशमा बिना मगरलाई सह इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर रहेको उल्लेख गरेका छन्। 'खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु,’ सार्वजनिक भएको शर्माको असहमतिपत्रमा भनिएको छ। भट्टलाई हालै सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सोही प्रदेशको संसदीय दलको नेताबाट मुक्त गरिएको छ।

त्यसो त शर्मा पार्टीको आन्तरिक बैठक तथा सार्वजनिक कार्यक्रममा यदाकदा प्रचण्डप्रति असहमति व्यक्त गरिरहने नेता हुन्। तर प्रचण्डले अपनाइरहेको नातावादको विरोधमा पार्टीको उपल्लो तहबाट व्यक्त भएको र सार्वजनिक बहस समेत हुन नपाएको वर्षौं बितिसकेको थियो। 

बुधबार नै पार्टीका अर्का अनुभवी नेता खगराज भट्टले पनि स्थायी समितिको निर्णयप्रति असहमति व्यक्त गरेका छन्। भट्टले पनि अध्यक्ष प्रचण्डलाई पत्र नै पठाएर असन्तुष्टि जनाएका छन्। 'प्रथम विधान अधिवेशनको दिशा र निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसा माथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ भट्टले भनेका छन्।

उनले प्रचण्डलाई चार वटा प्रश्न पनि सोधेका छन्- स्थायी समिति बैठकबाट जुन निर्णय भयो। यसले सुदूरपश्चिममा पार्टी भित्र देखापरेको अराजकतालाई निरुत्साहित गर्छ वा प्रोत्साहन गर्छ? यो निर्णयले पार्टीलाई नै जीवन ठान्ने इमान्दार कार्यकर्तालाई उत्साहित गर्छ वा निराशतामा धकेल्छ? पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ वा अमुक व्यक्तिको चाहनाबाट सञ्चालन हुन्छ? अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहिनताले कस्तो रुप लिन्छ?

उनले स्थायी कमिटीको निर्णयले आफ्नो राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा लिएको बुझेको पत्रमा लेखेका छन्। 'स्थायी समितिको निर्णयबाट मेरो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइन अन्तर्गत राजनीतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका हजारौं नेता, कार्यकर्ता र लाखौँ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु', उनले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अब यी दुई नेताको राजनीतिक भविष्य के होला भन्ने आशंका व्यक्त हुन थालेका छन्। त्यसका ऐतिहासिक कारण छन्। अहिले माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले पार्टीको नेतृत्व गर्न थालेको साढे तीन दशक भइसक्यो। यसबीचमा उनीसँग कैयौं नेताहरूले मत जुधाए, ती सबै पाखा लाग्दै गए। जनयुद्ध सुरु हुनुअघि, जनयुद्धका क्रममा र शान्ति प्रक्रियामा आएपछि नेताहरू पाखा लागेका कैयौं सन्दर्भ छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि मोहन वैद्य किरण र डा बाबुराम भट्टराई लगायतका नेताहरूको बहिर्गमनपछि आम रुपमै भाष्य स्थापित छ- जसले प्रचण्डसँग लड्न खोज्यो, त्यसको बहिर्गमन निश्चित छ।

हुन पनि पार्टी भित्र प्रचण्डको एकछत्रमाथि प्रश्न गर्न खोज्नेहरू क्रमश: बाहिरिँदै गएका छन्। परिणामतः समग्र माओवादी प्रचण्डको परिवार र प्रचण्डको प्रशंसा गर्नेहरूको समूहमा खुम्चिँदै गएको छ। पार्टी नै समग्रमा प्रचण्डको प्राइभेट कम्पनी जस्तो भइसकेको भनेर विश्लेषकहरूबाट कटाक्ष हुने गरेको छ।

वर्षौंसम्म प्रचण्डले पार्टीलाई पार्टीभित्रबाट प्रश्नरहित ढंगले चलाउँदै आएका थिए। कसैले पनि उनको मनोमानीलाई चुनौती दिने आँट गरेका थिएनन्। तर बुधबार प्रचण्डकै भाषामा 'निरन्तरतामा क्रमभंगता' भएको छ। उपमहासचिव शर्मा र भट्टको पत्रले शान्त तलाउमा फालिएको ढुंगाको काम गरेको छ।

शर्मा र भट्टलाई जिम्मेवारीविहीन बनाउनुमा उनीहरूले प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै जानु नै कारण हो। त्यसलाई संकेत गर्दै शर्माले पत्रमा भनेका छन्, 'मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु। तर यस भित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरु, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ। उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारीविहीन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ।'

विगतका कैयौं घटनाक्रमबाट बुझ्न सकिन्छ, शर्मा र भट्टलाई थप किनाराकृत गर्ने प्रयास हुनेछ। यद्यपि, उनीहरूको प्रयत्नले पार्टीभित्र लोकतन्त्रको खोजी गरेको छ। शर्मालाई केन्द्रमा राखेर विश्लेषक मुमाराम खनाल ट्विटरमा लेख्छन्, 'सरकारी मुख्य मन्त्रालयको जिम्मा लिँदा जतिसुकै विवादित किन नहोउन्, माओवादीजस्तो एकमना र प्रचण्डको निजी कम्पनी विरुद्ध स्थायी कमीटी सदस्य जनार्दन शर्माको विरोध जायज र अन्तरपार्टी लोकतन्त्रको पक्षमा छ। दोश्रो पुस्ताबाट उनले पार्टीको नेतृत्व लिने हिम्मत गरुन्। उनको पक्षमा धेरै हुनेछन्।'

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्